Ads

खयरभट्टीमा २२ किलोटिर विद्युतीकरण हुने


बाँके । बाँकेको खयरभट्टी क्षेत्रमा २२ किलोमिटर विद्युतीकरणका लागि बजेट स्वीकृत भएको छ । खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि ३ करोड ५० लाख रुपैयाँ स्वीकृत भएको सांसद नमुना केसीले जानकारी गराइन्  ।

विद्युतीकरणका लागि नेपालगन्ज विद्युत वितरण केन्द्रले तयार पारेको अनुमानित बजेटसहित काठमाडौं पुगेकी नमुनाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फाइल पेश गरेकी थिइन् । काठमाडौंमा रहेकी नमुनाले खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि बजेट पारित भएको बताइन् ।

नरैनापुर र राप्तीसोनारीका अन्य क्षेत्रमा विजुली पुर्‍याउन सफल भए पनी खयरभट्टीमा अहिलेसम्म विद्युतीकरण भएको थिएन । खयरभट्टीसम्म करिब २२ किलोमिटर ‘११ केभी प्रशारण लाइन’ र ४.३ मिटर वितरण लाइन विस्तार गर्न तथा ३ थान ट्रान्सफर्मर जडानका लागि बजेट स्वीकृत भएको उनले जानकारी गराएकी हुन् ।

Ads

सम्बन्धित पोष्टहरू