Ads

सन्दीप लामिछानेमाथिको मुद्धा आज उच्च अदालतमा सुनुवाई हुँदै


काठमाडौं । निलम्बित नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको मुद्धामा आज उच्च अदालत पाटनमा सुनुवाई हुने भएकाे छ । काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राख्न गरेको आदेशका विरुद्ध परेको पुनरावेदनको आज सुनुवाई तोकिएको हो ।

लामिछानेको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ हुन लागेको छ ।

लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको आदेश भएको भन्दै सोविरुद्ध पुनरावेदन दायर भएको थियो । उनीमाथि भदौ ५ गते एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू