काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
असार मसान्तमा कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने रकम ६ करोड १० लाख ३२ हजार ८४५ रुपैयाँ बोनश सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।
कर प्रयोजनका लागि १ हुन आउने रकम ३२ लाख १२ हजार २५५ रुपैयाँ नगद लाभांश पनि दिने भएको छ । यस संस्थाले अघिल्लो वर्ष भने २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । नेपाल राष्ट्र बैंक र साधनाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्