काठमाडौं । नेपाली बजारमा आज फेरि सुन तथा चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार अघिल्लो हप्ताको कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार मूल्य बढेको हो ।
आइतबार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ । यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला १ लाख रुपैयाँ पुगेको छ ।
आइतबार चाँदीको भाउ भने स्थिर देखिएको छ । चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्