Ads

राष्ट्रियसभा निर्वाचनका लागि मतदान प्रक्रिया सुरु


काठमाडौं, । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया पुस १७ गते अर्थात् शनिबारबाट सुरु भएको  छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया  सुरु भएको  जानकारी दिनुभयो ।

यसपछि पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने व्यहोरा आयोगले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४ सय ९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ । त्यस्तै मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू