Ads

तोलामा ५०० रुपैंयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ९ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कायम भएको छ। चाँदी प्रति तोला १५ रुपैयाँले बढेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० सय रुपैयाँमा कारोबार भएको थियो।

Ads

सम्बन्धित पोष्टहरू