Ads

युकेमा रहेका इन्जिनियरले पठाए खाेटाङका अग्नीपीडितलाई राहत


खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुका आगलागी पीडित तीन परिवारलाई युके (बेलायत)मा रहेका समाजसेवीहरूबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

९ पुसमा विद्युत सर्ट भइ सुरु भएको आगलागीबाट क्षति बेहोरेका झिसेपुका मैयाँ श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्णकुमार श्रेष्ठलाई बाम्राङ चुप्ला घर भइ हाल यूकेमा रहेका इन्जिनियर उदिप किरातले ५० हजार आर्थिक सहयोग पठाएका हुन् ।

किरातले पठाएको सहयोग रकम शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले आगलागी पिडितलाई हस्तान्तरण गरेका छन् । आगलागीबाट घर र धनसम्पत्ती गुमाएका तीन परिवारलाई किरातले एकमुष्ट नगद सहयोग पठाएको स्थानीय युवा नेता युगसन किरातले जानकारी दिए ।

सहयोग रकम हस्तान्तरणका क्रममा उपमेयर राईले नगरपालिकाकातर्फबाट पनि सहयोग गर्ने आश्वसन दिएका छन् । सो आगलागीमा तीन परिवारको ८४ लाख ५६ हजार पाँच सय बराबरको क्षति भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू