काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी आठौं जारी महाधिवेशनको आठौ दिनमा सहमतिमा नयाँ नेतृत्व चयनको प्रयास जारी रहेको छ ।
शनिबार प्रदेशलाई नेतृत्व चयनको जिम्मा दिएको थियो । प्रदेशबाट केन्द्रीय सदस्यहरुको नामावली केन्द्रमा पठाएपनि क्लष्टर मिलाउन समय लाग्ने भएको एकजना स्थायी कमिटी सदस्यले बताए । जसको लागि आइतबार बिहानबाट नै प्रयास जारी रहेको ती स्थायी कमिटी सदस्यले बताए ।
माओवादी केन्द्रको विधान अनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक हुने छ । जसलाई मिश्रित निर्वाचन प्रणाली भनिन्छ । मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट नेतृत्व चयन हुने छ ।
माओवादीको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुने छ । यसभित्र खुलातर्फबाट १४५ जना र समानुपातिकबाट १५४ जना निर्वाचित हुनेछन् । तर समानुपातिकतर्फ क्लष्टर मिलाएर केन्द्रीय सदस्य चयन गर्नु पर्ने हुन्छ । जसको लागि अहिले पनि सहमति गर्ने काम भइरहेको छ ।
समानुपातिकतर्फ खसआर्यबाट ४५ जना निर्वाचित हुनेछन् । जसमा पुरुष १२ जना, पुरुष युवा ३ जना, महिला २४ जना र महिला युवा ६ जना चुनिनेछन् ।
यसैगरी दलिततर्फ २२ जना निर्वाचित हुनेछन् । यसभित्र पुरुष ६ जना, पुरुष युवा १ जना, महिला १२ जना र महिला युवा ३ जना रहने छन् ।
मुस्लिम तर्फ ७ जना निर्वाचित हुनेछन् । यसभित्र पुरुष १ जना, पुरुष युवा १ जना महिला ४ जना र महिला युवा १ जना रहनेछन् ।
मधेसीतर्फ २३ जना चुनिनेछन् । यसभित्र पुरुष ६ जना, पुरुष युवा १ जना, महिला १३ जना र महिला युवा ३ जना रहनेछन् ।
आदिवासी जनजातिर्फ ४३ जना चुनिनेछन् । यसभित्र पनि पुरुष ११ जना, पुरुष युवा ३ जना, महिला २३ जना र महिला युवा ६ जना रहनेछन् ।
थारुतर्फ १० जना निर्वाचित हुनेछन् । यसभित्र पुरुष २ जना, पुरुष युवा १ जना, महिला ६ जना र महिला युवा १ जना रहनेछन् ।
अपाङ्गता भएका २ जनामध्ये पुरुष र महिला १–१ जना निर्वाचित हुनेछन् ।
पिछडिएको क्षेत्रतर्फ पनि २ जनामध्ये पुरुष र महिला १–१ जना निर्वाचित हुनेछन् ।
समानुपातिक पद्धतिबाट विभिन्न क्लस्टर अनुसार केन्द्रीय समितिमा चयन हुने नेताको नाम टुंगो लगाउने जिम्मा प्रदेश कमिटीलाई दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्