Ads

अर्घाखाँचीमा ६० वर्षीया वृद्धा मृत फेला


बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारामा ६० वर्षीया वृद्धा मृत फेला परेकी छन् । शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार सिद्धाराबाट बहखोरमा बिहान दुध लिन गएकी थापा बहखोर नजिकैको खोल्सामा मृत भेटिएको हुन् । घटनाबारे अनुसन्धान भइरहेको रेग्मीले बताए ।

Ads

सम्बन्धित पोष्टहरू