Ads

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैँकले आज आज साेमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ३६ पैसा र बिक्री दर १४२ रूपैयाँ ० पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ७६ पैसा र बिक्री दर १६० रूपैयाँ ४९ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४८ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ९९ पैसा र बिक्री दर ९० रुपैयाँ ३९ पैसा रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू