काठमाण्डौ । राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन सोमबार गठबन्धनको बैठक बोलाइएको छ ।
यो बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाउने छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो । काँग्रेस महामन्त्री गगन थापाका अनुसार आज बस्ने भनिएको गठबन्धनको बैठक भोलि बिहान बस्न लागेको हो ।
आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।
रष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्