काठमाडौँ, । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको एक रिक्त पदमा आगामी माघ २५ गते निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यो प्रस्ताव गरेका हुन् ।
मंसिर ४ को निर्वाचनअघि लुम्बिनीबाट निर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सदस्यको पद रिक्त भएको छ ।
कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ ।
‘सोबमोजिम मिति तोक्न आयोगले सरकारलाई लिखित परामर्श दिने व्यवस्था अनुसार आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिइएको छ’, ।
प्रतिक्रिया दिनुहोस्