Ads

कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट युवकले हामफालेपछि…


काठमाडौँ, । कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक युवक घाइते भएका छन् । बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई हाल कीर्तिपुर नगरपालिका –८ पाँगामा डेरामा बस्दै आएका २२ वर्षीय सुनिल रोकाया घाइते भएका हुन् ।

सोमबार राति साढे १० बजे एक युवकले अस्पतालको तेस्रो तलाबाट हाम्फालेर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । रोकायाको मुटुको धड्कन एक्कासीबढेपछि उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो।

त्यही क्रममा उनी अस्पतालको तेस्रो तलाबाट हामफालेका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । उनी अस्पतालबाट किन हामफालेका हुन् भन्ने कारण खुलेको छैन।

उनको अवस्था मध्यम छ । बोल्न सक्ने छन् । टाउको, दाहिने हात र शरीरका अन्य भागमा चोट लागेको छ।

Ads

सम्बन्धित पोष्टहरू