Ads

सेनाको एकीकरण पदयात्रा सुरु


काठमाडौँ, । गोरखादेखि काठमाडौसम्मको पैदल मार्गमा नेपाली सेनाले पदयात्रा सुरु भएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर सेनाले पदयात्रा सुरु गरेको हो ।

बिहीवार एक कार्यक्रमका बीच गोरखा दरवारको हनुमान भञ्याङ चौताराबाट पदयात्रा सुरु गरेको रिपुमर्दन गणका गणपति हेमराज विष्टले जानकारी दिए । यो पदयात्रालाई सेनाले एकीकरण पदयात्रा नाम दिएको छ ।

उपसेनानी बम बोगटीको नेतृत्वमा ३० जनाको टोली यात्रामा सहभागी छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र पृथ्वी नारायण शाहले तत्कालिन समयमा खडा गरेका नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजा सहित टोली यात्रामा निस्किएको गणपती विष्टले बताए ।

गोरखा दरवारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुदै काठमाडौ पुग्ने छ । ‘यो टोली गोरखा नगरपालिकाको ताप्ले, भीमसेन थापा गाउँपालिको अश्राङ, बोर्लाङ हुदै बोर्लाङघघाट पुगेर धादिङको शिवदल गणलाई टर्च र झण्डा बुझाएर फर्कन्छ’ विष्टले भने ।

त्यसपछि धादिङको टोलीले नुवाकोटमा टर्च र झण्डा जबरजंग गणलाई बुझाउछ र नुवाकोटले काठमाडौको कालीध्वज गणलाई बुझाउँछ । काठमाडौंको टोलीले २६ पुसमा बालाजु बाइपासमा रहेको सार्दुलजंग गुल्ममा टर्च र झण्डा हस्तान्तरण गर्ने छ । उक्त टर्च र झण्डा हेडक्वार्टर हुदै २७ पुसमा हनुमान ढोका लगिने छ ।

पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वद्र्धन र प्रवद्र्धन गर्ने नेपाली सेनाको कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको गणपति बिष्टले बताए । राज्य एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण मार्गको रुपमा विकास गर्न केही बर्षदेखि पदयात्राले निरन्तरता पाउँदै आएको उनले जानकारी दिए ।

 

 

Ads

सम्बन्धित पोष्टहरू