Ads

नेपाली दिदीबहिनीद्धारा बिदेशमा पनि सामाजिक कार्यका लागि दिब्याज फाउण्डेशन


काठमाडौं । अमेरिकाको टेक्सास राज्यको फोर्थअर्थ सिटीमा नेपाली समाजसेवी दिदीबहिनीले दिब्याज फाउण्डेशन नामक संस्था गठन गरेका छन् । अंग्रेजी नयाँ वर्षकै दिनको पारेर उक्त संस्था गठन गरिएको हो । दुःखमा परेका महिलालाई सहयोग गर्ने उद्देश्यले संस्था गठन गरिएको संस्थापक विनिमा सुवेदीले जानकारी गराए ।

महिला सशक्तीकरण, सीपमूलक तालिमको व्यवस्था, रोजगारीको सिर्जना, दुःख पाएकालाई सहयोग गर्ने, नेपालबाट अध्यनका लागि आउने चेलीबेटीलाई सकेसम्म सहयोग गर्ने संस्थाको मुख्य कार्य रहने सुवेदीको भनाइ छ । संस्थाको अध्यक्ष लक्ष्मी भण्डारी राना रहेको छ भने उपाध्यक्षमा बिर्ती रिसाल, कोषाध्यक्षमा विनिमा सुवेदी, सचिवमा मिता कार्की र सहसचिवमा अजिता कँडेल रहेको छ ।

२४ जनाको सदस्यबाट सुरु गरिएको यो संस्था आगामी दुई वर्षमा २४ सय पुर्‍याउने लक्ष्य रहेको विनिमाले जानकारी गराए। विदेशमा रहेर पनि नेपालको धर्म-संस्कृतिलाई जोगाउने र आफ्ना बालबालिकालाई नेपाली संस्कार सिकाउनुका साथै दुःखमा परेकालाई केही राहत पु¥याउने अभिप्रायले खोलिएको संस्थाप्रति धेरै महिला आशावादी रहेको अध्यक्ष भण्डारीले बताए।

Ads

सम्बन्धित पोष्टहरू