काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ ।
माओवादीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार , कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिममा जगत पार्कीलाई उम्मेदवार बनाएको हो ।
सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्