सोलुखुम्बु- सोलुखुम्बुमा सम्पन्न भइसक्नुपर्ने दुईवटा मोटरेबल पुल निर्माणको विधिवत् सुरुवात अझै भएको छैन । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाभित्र बनिसक्नुपर्ने दिप्लीघाट र बर्खुघाट मोटरेबल पुल निर्माण सुरु नभएको भन्दै गाउँपालिका अध्यक्ष असिम राईले सार्वजनिक ध्यानाकर्षण गराएका छन् ।
निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका रवि सिंहको निर्माण कम्पनी महादेव खिम्ति हिराचन जेभीले ठेक्का पारेको तर, आयोजना थालनीमा विलम्ब गरिरहेको भन्दै थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले सिंहको ध्यानाकर्षण गराएका छन् ।
राईले आयोजना निर्माण भइसक्नुपर्ने अवधि बितिसक्दा समेत काम सुरु नै नगरेको भन्दै सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्