Ads

आजको मौसम : सामान्यतया सफा रहने


काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू(भागमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा शितलहर चलिरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सु-कुहिरो लाग्ने सम्भावना रहेको छ।

यो क्रम राति पनि जारी रहनेछ । तराईका धेरै  भू-भागहरूमा  बाक्लो  हुस्सु लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पार्ने सम्भावना रहेकोले आवश्यक सावधानी  अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू