Ads

कांग्रेस प्रदेश सभापतिको माग:केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन पाउनुपर्छ


काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले पार्टी विधान संशोधन गरेर आफूहरुको अधिकार बढाउन माग गरेका छन् । सोमबार सात वटै प्रदेशका सभापतिहरूले केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष विधान संशोधन गरेर अधिकार बढाउनु पर्ने पत्र बुझाएका छन् ।

पत्रमा केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने वैधानिक व्यवस्था र प्रदेश सांसदको लेबी सम्बन्धी प्रदेश कार्यसमितिको खातामा बुझाउने प्रक्रिया मिलाउन प्रदेश सभापतिहरूको माग छ । उक्त माग सोमबारको केन्द्रीय कार्यसमिति बैठक समेत राखिएको थियो ।

सातै वटै प्रदेशका सभापतिको प्रतिनिधित्व गरी लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय समितिमा माग राखेका थिए । कांग्रेसमा पहिलो पटक प्रदेश संरचनामा गएका हो ।

पार्टी विधानले प्रदेश सभापतिलाई प्रदेशभित्र १५ वटा अधिकार दिएको छ भने प्रदेश समितिलाई ३ वटा काम, कर्तव्य र अधिकार तोकेको छ । तर केन्द्रीय समिति बैठकको पदेन सदस्य हुने व्यवस्था भने छैन ।

Ads

सम्बन्धित पोष्टहरू