Ads

धमाधम मर्ज हुँदैछन् ठूला बैंक तथा वित्तीय संस्थाहरु


काठमाडौं । मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको सङ्ख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ ।यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि हाल धमाधम ठूला बैंकहरूबीच यस्तो मर्जर एवं आपसमा गाभिने क्रमले तीव्रता पाएको हो ।

यही लहरसँगै अब वाणिज्य बैंकहरूको सङ्ख्या घटेर १८ वटामा झर्ने देखिएको हो । मर्ज हुनेक्रममा सोमबार मात्रै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डु (बीओके) गाभिएर एकीकृत कारोबार सुरु गर्दै छन् । यस्तै क्रम अन्य बैंकले यो साताभर जारी राख्ने भएका छन् ।

यसरी मर्ज भई एकीकृत कारोबार सञ्चालन गर्न केही बैंकले आफ्ना निक्षेपकर्तालाई आन्तरिक सफ्टवेयरको काम मिलाउन भन्दै केही दिन बैंकिङ कारोबार सेवा नै बन्द हुने बताइरहेका छन् । जसका कारण निक्षेपकर्ताले अझै एक दुई दिन आफ्नो खातामा भएको पैसासमेत झिक्न पाउनेछैनन् । आजको राजधानी दैनिकमा समाचार छ ।

Ads

सम्बन्धित पोष्टहरू