काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा तथा युरो एकको खरिद दर १३८ रूपैयाँ ८४ पैसा र बिक्री दर १३९ रूपैयाँ ४७ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ६१ पैसा र बिक्री दर १५७ रूपैयाँ ३२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४० रुपैयाँ ५० पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ २ पैसा र बिक्री दर ८९ रुपैयाँ ४३ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्