काठमाडौँ, । न्याय खोज्दै संसदमा रञ्जिता चौधरी पुगेकी छिन । उनी टिकापुर घट्नामा दोषी ठानिएका रेशम चौधरीकी श्रीमती हुन् । रञ्जिताले आफ्नो श्रीमान् निर्दोष भएको दाबी गर्दै न्यायको खोजीमा भौतारिएकी छिन् ।
प्रतिनिधि सभाको पहिलो बैठकको रोष्टमा उभिएर रञ्जिताले न्याय माग्नुका साथै थारु समुदायको पहिचानको विषय उठाइन् । संसदमा उभिएर न्याय माग्दै भावनात्मक कुरा गर्ने उनी पहिलो महिला सांसद हुन् ।
उनले पाँच वर्षदेखि चौधरी निर्दोष भएको दाबी गर्दै आएकी थिइन् । तर सरकारले उनको कुरा सुनेन् । यो पटक नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्वाचन जितेर नीति निर्माण गर्ने थलो संसद प्रवेश गरेकी छिन् ।
रञ्जिताले संसदको पहिलो बैठकको सुभारम्भमा रोष्टममा उभिएर भनिन्, ‘सुभारम्भमा उदाएको सुर्य, भर्खरै जन्मिएको शिशु, पलाउनै लागेको मुना, अवोध हुन्छ रे ।’ संसदमा म पनि एक अबोध नै छु । यो आफु नयाँ भएको संकेत थियो ।
उनले थपिन्, भर्खरै जन्मिएको शिशुको च्याँ–च्याँले आमा खोजेको संकेत गर्छ । हो म पनि एक नारी सांसद संसदमा न्याय खोज्दै नीति निर्माणको तहमा आइपुगेकी छु । यसको अर्थ म एक अबोध नारी एक श्रीमान्को न्याय खोज्दै यहाँसम्म आएको बताइन् ।
उनले २०७२ साल भदौ ७ गते भएको टिकापुरको थारु आन्दोलनको बारेमा सबै बोल्दै टिकापुर घट्ना कुनै बन्ध कोठाभित्र नघटेको बताईन् । घटनालाई साक्षीका रुपमा हेर्ने हजारै आँखाहरु थिए उनले भनिन्, हजारौँको भीडमा नदेखिएको एउटा मानव आकृति चौधरी र निर्दोष थारुहरुलाई आजपनि कारागारमा किन राखिएको छ, उनको प्रश्न थियो ।
कानुन्का ज्ञाताका अनुसार वाधास्थलमा अनुपस्थितलाई मुद्दा लगाउन पाईदैन तर चौधरीलगायत निर्दोष थारुहरुको अभियोग पत्रमा स्पष्ट रहेको उनले बताईन् । अभियोग पत्रमा उनीहर स्थानीय बाधक नभएको स्पष्ट पारेको छ ।
चौधरी घट्ना भएको २१ किलोमिटर टाढा लम्की चिसापानीको टावरको सम्पर्कमा थिए तर किन मुद्दा लगाईयो ? उनले माओवादी, कांग्रेस, एमाले जस्ता ठूला दलको कार्यकर्ता नभएकै कारण चौधरीलाई झुट्टामुद्दा लगाइएको टिप्पणी गरिन् ।
आफ्नो अधिकार मागेर हिँडका चौधरीसहित राजबन्दीलाई थारूको छोरा भएकै कारण जेलमा हालियो उनले भनिन् । रेशमलगायतका सम्पूण राजबन्दीहरु कारागारमा हालेर झुट्टा मुद्दा लगाएर यो राज्यले पाँच वर्षदेखि थुनामा राखेको उनको आरोप छ ।
रेशम चौधरीलगायतका थारुहरुले के मागेका थिए र हामी यो देशका भुमी पुत्र हौँ, हामीलाई पनि थारु हुनुको परिचय देउँ, भनेका होईनन् र ? उनले भनिन्, आफ्नो देशमा आफैसँग पहिचान र अस्तित्व खोज्दा जेल जानुपर्ने यो कस्तो लोकतन्त्र हो ?
लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकारले अदालतको आदेश नमानेको पनि उनको आरोप छ । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, गगन थापा, रवि लामिछानेले समेत रेशम चौधरी निर्दाेष रहेको बताएको स्मरण गराउँदै उनले न्यायका लागि सहयोग गर्न सबै पक्षलाई आग्रहसमेत गरिन् ।
प्रतिक्रिया दिनुहोस्