Ads

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात


काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।

तराईका केही भू-भागमा हुस्सु लागेको छ। आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राती पनि यो क्रम जारी रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू-भागका हिमपात र तराईमा  बाक्लो  हुस्सु लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू