Ads

मेरो इम्युन सिस्टम कम भएपनि प्रतिरोधी क्षमता धेरै छ : केपी ओली


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपणका कारण आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । इम्युन सिस्टम कम भएपनि आफ्नो प्रतिरोधी क्षमता धेरै भएको बताएका छन् ।
उनले इम्युन सिस्टम शून्य भएपनि कोरोनाले समाउन नसकेको बताएका छन् । बुधबार संस्कृति बचाउ अभियानले ओली निवास बालकोट पुगेर भेट गरेको थियो । अभियानमा कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत सहभागी थिए ।

कलाकारहरूसँग कुराकानी गर्दै ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताए । ओलीको भनाइ भन्दै एक कलाकारले भने ‘मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ । औषधि खाइरहनुपर्छ, जसकारण मेरो प्रतिरोधी क्षमता जिरो छ । हजारौंको बीचमा छु । दिनहुँ भेट भइरहन्छ । माला लगाउँछन् । फोटो खिच्छन् । तर पनि अहिलेसम्म संक्रमित भइएको छैन । यो परम्परागत ज्ञानकै कारण हो ।’

 

Ads

सम्बन्धित पोष्टहरू