काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । दुई नेताबीच ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।
बुधबार साँझ बालकोट पुगेका ओली र पौडेलबीच अदालतमा देखिएको समस्या, संसद्को गतिरोध, एमसीसीमा देखिएको अन्योल लगायत विषयमा छलफल भएको बुझिएको छ ।
पछिल्लो समय देखिएका विवादका विषयमा साझा धारणा बनाएर अघि बढ्नका लागि पौडेलले ओलीसंग आग्रह गरेका थिए । छलफलमा ओलीले प्रधानमन्त्रीसँग वान टु वान कुरा गर्न चाहेको आशय व्यक्त गरेको बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रहमा पौडेल ओलीलाई मनाउन पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्