Ads

बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक जारी, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा छलफल हुने


काठमाडौँ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बिहान नौ बजेदेखि बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण, राष्ट्रिय सभा निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको समितिमा सत्तारुढ पाँच दलका शीर्ष नेताहरू सदस्य छन् । काँग्रेसबाट नेता पौडेल र कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल छन् ।

बैठकमा नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा समेत छलफल हुने गठबन्धनका एक नेताले जानकारी दिए। नेता पौडेलले बुधबारमात्रै एमाले अध्यक्ष केपी ओलीसँग उनकै निवास बालकोटमा भेटवार्ता गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू