काठमाडौं । सत्तागठबन्धन दलहरुले सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउने निर्णय गरेको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिल गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
साथै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना दिंदै यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।
बैठकमा कांग्रेसबाट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल थिइन्।
प्रतिक्रिया दिनुहोस्