काठमाडौँ –
सरकारले अस्थायी रुपमा भएपनि मेलम्ची खानेपानि आयोजनालाई पुनः निर्माण गरेर मेलम्चीको पानी काठमाडौँमा ल्याउने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले खानेपानी आयोजनाको पुनः निर्माण कार्ययोजनालाई स्विकृत गरेको हो ।
३ दशक अघि बेलायतको अन्तर्राष्ट्रिय संस्था बिन्नी एन्ड पार्टनर्सले खानेपानीबारे अध्ययन गरेर मेलम्चीको पानीलाई काठमाडौँ ल्याउने गुरुयोजना बनाएको थियो । गुरुयोजना अनुसार भौतिक निर्माणको सुरुवात भएको २ दशक पुरा हुनै लाग्दा परिक्षणका लागी सुरुङ्गमा पानी पठाईएको हो तर त्यसको केहि दिनमै सुरुङ्गको १७ नम्बर ढोका फुटेपछि खानेपानी आयोजनाको गुणस्तर कमजोर देखिएको थियो । त्यसपछिको एकवर्ष गुणस्तर चेकजाँचमै वित्यो । प्रतिदिन ५१ करोड लिटर पानी पठाउने तयारी अनुसार निर्माण भएकोे सुरुङबाट १७ करोड लिटर मात्रै पानी पठाउदा पनि ढोका फुटेपछि गुणस्तरमा प्रश्न उठ्नु स्वभाविक हो । त्यसकै निरिक्षण गर्दागर्दै बाढी पहिरोले उक्त आयोजनामा पुनः ठूलो क्षति पु¥यायो । मेलम्ची देखी हेलम्बु सम्मको सडक बाढीका कारण जिर्ण बनेको छ । यसरी भौतिक संरचनामा पुगेको क्षतिले गर्दा खानेपानी आयोजनाको काम अझै केहि समय ढिलो हुने देखिन्छ तर खानेपानी मन्त्रालयका अनुसार यस आयोजनाको कार्ययोजनामा जतिसक्दो चाडो अस्थायी रुपमा भएपनि पुनः निर्माण सुरु गरेर चैत अन्तिम सम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी रहेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्