काठमाडौं । क्रिकेटर सन्दीप लामिाछाने भोलि छुट्ने भएका छन् । विहिबार उच्च अदालत पाटनले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी शुक्रबार छुट्ने भएका हुन् ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो ।
उक्त इजलासले १९ पन्ने आदेश जारी गरेको सूचना अधिकारी दिनेश पौडेलले बताए । ‘आदेशको पूर्णपाठ केहीबेरमा आउँछ’, उनले भने, ‘लामिछानेको रिहाइ सर्तसहित हो ।’ तर आदेश पूर्णपाठ नआइसकेकाले सर्त के हो खुलेको छैन ।
अदालतले लामिछानेसँग २० रुपैयाँ धरौटी माग गरेको छ । भोलि नै माग भएको २० लाख रुपैयाँ धरौटी बुझाउने बताइएको छ ।
धरौटी बुझाएसँगै उनी रिहा हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्