काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले बतास समूहसँग आफ्नो कुनै संलग्नता नरहेको बताएकी छन् ।
नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुराँ संचालनको अनुमती पाएर विवादमा आएको बतास समुहसंग आफ्नो नाम जोडिएपछि उनले स्पष्टिकरण दिएकी हुन् । उनले आज (बिहिबार) सामाजिकसंजाल मार्फत उक्त समूहसंग कुनै संलग्नता नरहेको बताउदै आफू आबद्ध रहेको संस्था र आफ्नो पदिय जिम्मेवारी समेत उल्लेख गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्