काठमाडौँ । लोकसेवा परीक्षा दिएर नतिजा कुरिरहेका परीक्षार्थीले आन्दोलन सुरु गरेका छन् ।
शाखा अधिकृत परीक्षार्थीहरुले आयोगका अध्यक्ष माधव रेग्मीको राजीनामा माग गर्दै आन्दोलन थालेका हुन् । परीक्षार्थीहरूको मुद्दा अनिश्चितकालका लागि स्थगित भएसँगै परिक्षार्थीहरु आन्दोलित भएका छन् । सर्वोच्चले गत पुस ८ गते विचाराधीन मुद्दामा आदेश दिएको थिएन । सर्वोच्चले आफ्ना मुद्दा सुनुवाइ नगरेकाले लोकसेवा आयोगका अध्यक्षविरुद्ध आन्दोलन थालिएको परीक्षार्थीको भनाई छ ।
सर्वोच्च अदालतमा निजामती कर्मचारी भर्ना र पदपूर्तिसम्बन्धी अझै पनि ३२ वटा मुद्दा विचाराधीन रहेका छन् । तिनै मुद्दाको सुनुवाइ हुन नसक्दा लिखित परीक्षा र अन्तर्वार्ता दिएर बसेका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गर्ने काम रोकिएको लोक सेवा आयोगको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्