Ads

पश्चिम नेपालबाट प्रवेश गर्न लागेको न्यून चापीय प्रणालीको प्रभाव : मेघ गर्जन र चटयाङ सहित मध्यम वर्षा


काठमाडौँ । पश्चिम नेपालबाट प्रवेश गर्न लागेको न्यून चापीय प्रणालीको प्रभावले मेघ गर्जन र चटयाङ सहित वर्षा हुने भएको छ ।
भोलि (शनिबार) र आईतवार देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशमा सामान्य देखि पूर्ण बदली हुने संकेत देखिएको छ भने प्रदेश नं १, २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहने मौसम पुर्वानुमान महाशाखाले आज (शुक्रबार) बिशेष बुलेटिन जारी गर्दै जानकारी गराएको हो ।
यस प्रणालीको प्रभावबाट सुदुर–पश्चिम, कर्णाली प्रदेशका पहाडी र तराई भू–भागहरुमा मेघ गर्जन र चटयाङ सहित मध्यम वर्षा हुने साथै उच्च पहाडी तथा हिमाली भू–भागहरुका केहि स्थानमा मध्यम हिमपातको संभावना रहेको छ । बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका केहि स्थानहरूमा सामान्य हिमपातको सम्भावना देखिन्छ । आईतबार सम्म मौसम प्रणालीको प्रभाव पर्ने र सोमबार देखि यो मौसम प्रणाली कमजोर हुँदै क्रमिक रुपमा सुधार हुने महाशाखाले बताएको हो । महाशाखाले जारी गरेको बुलेटिनमा बदलिदो मौसमी प्रणालीका कारण दैनिक जनजीवनमा असर पर्न सक्ने देखिएकाले चिसोवाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु पनि अनुरोध गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू