Ads

नेपालमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि, सतर्कता अपनाउन मन्त्रालयको अनुरोध


काठमाडौँ । नेपालमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज(शुक्रबार) विज्ञप्ति जारी गर्दै २४ जना ब्यक्तीमा ओमिक्रोन भेरियन्ट पुष्टि गरेको हो ।

पुस महिनामा संकलित ११४६ पोजेटिभ नमुनाहरूको एस जीन स्क्रिनिङ गर्दा २५० मा एस जीन नेगेटिभ पत्ता लागेको छ । एस जीन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटा नमुनाहरूको जीन सिक्वेन्सिङ गर्दा ति सबैमा ओमिक्रोन भेरियन्ट पत्ता लागेको हो । डा. संगिता कौशल मिश्राका अनुसार ओमिक्रोन भेरियन्टबाट हुन सक्ने बिरामीको अत्यधिक चापलाई ख्याल गर्दै सबै अस्पतालहरुलाई उच्च तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मन्त्रालयले आवश्यक उपकरण र अक्सिजनसहितका अत्यावश्यक सामग्रीहरु तयारी अवस्थामा राख्न पनि देशभरका अस्पताललाई सर्कुलर गरिसकेको छ भने सबैमा थप सतर्कता अपनाउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू