काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनएं) कोे ८१ औं बैठक आगामी साता बस्ने तयारी भएको छ । जनवरी १५ का दिन बैठक बस्ने संघका महासचिव डा हेमराज शर्माकाले बताएका छन् । बैठकमा आगामी दशौं महाधिवेशन र संघको निर्वाचन प्रमुख एजेण्डा रहेको छ । संघको महाधिवेशनमा प्रतिनिधि छनौटको विषयमा भएको विवाद लामो समय सम्म पनि समधान नहुँदा निर्वाचन र महाधिवेशन रोकिएको हो । विवाद मिलाउनका निम्ती संघका अध्यक्ष कुमार पन्तद्धारा गठित एक उपसमिति भित्र केन्द्रीय प्रतिनिधिमा सहमति जुटेको दावी छ । महासचिव शर्माका अनुसार केन्द्रीय समितिको बैठक अघि नै निर्वाचन सम्बन्धी तालिका प्रकाशन गर्ने तयारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्