काठमाडौं । दुई दिन अगाडि नयाँ मूल्यको रेकर्ड बनाउन लागेको सुनको मूल्य दुई दिन लगातार घटेको । नेपाली बजारमा मंगलबार तोलामा १ लाख ५ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ६०० रुपैयाँले घटेर तोलाको १ लाख ४ हजार ५०० कायम भएको हो ।
त्यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको फागुन २५ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्