Ads

अपराध ठहरपछि बेपत्ता भएका श्रेष्ठ पक्राउ, फैसला कार्यान्वयनका लागि अदालतमा पेश


काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ परेपछि फरार रहेका राजेन्द्र कुमार श्रेष्ठ आज(शुक्रबार) पक्राउ परेका छन् ।

पाटन अदालतबाट २६ लाख जरिवाना भएपछि फरार रहेका काठमाडौँका ४१ बर्षीय श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बानेश्वरबाट पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उच्च अदालतको विसं २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम रु २६ लाख जरिवाना ठहर गरेको थियो । उक्त जरिवाना ठहर पछि श्रेष्ठ फरार भएका थिए । अदालतले श्रेष्ठलाई बैकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम सजाय हुने फैसला सुनाएको हो । आज पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा पेश गरिएको प्रवक्ता महतोले जानकारी दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू