Ads

कोरोना संक्रमण फेरि बढ्दो, सिंहदरबारमा संकट व्यवस्थापन समितिको बैठक


काठमाडौं । नेपालमा पछिल्लो पटक २४ जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि सीसीएमसीको बैठक बसेको छ । नेपालमा पनि ओमिक्रोनको संक्रमण देखिएपछि शुक्रबार कोरोनाभाइरस संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिको बैठक बसेको हो । बैठक अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसिरहेको छ।

बैठकले कोरोनाको नयाँ लहर फैलिन नदिने सम्भावित विकल्प र कदमहरू चाल्ने बुझिएको छ । छिमेकी भारतबाट आएका सयौँ नागरिकमा पनि कोरोना संक्रमण देखिन थालेपछि सरकारले सतर्कताका उपाय खोज्न थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले शुक्रबार एक विज्ञप्ति निकालेर पुस लागेयता संकलित ११४६ पोजेटिभ नमुनाहरूको एस जिन स्क्रिनिङ गर्दा उक्त संख्यामा ओमिक्रोन भेरियन्ट देखिएको पुष्टि गरेको छ।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा। संगीता कौशल मिश्राले ओमिक्रोन भेरियन्टबाट हुन सक्ने बिरामीको अत्यधिक चापलाई ख्याल गर्दै सबै अस्पतालहरुलाई उच्च तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकार दिएकी छन्।

मन्त्रालयले आवश्यक उपकरण र अक्सिजनसहितका अत्यावश्यक सामग्रीहरु तयारी अवस्थामा राख्न पनि देशभरका अस्पताललाई सर्कुलर गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू