काठमाडौं । थाइल्याण्डको राजधानी बैंककमा भएको यु–२२ ९२२ वर्षमुनि० बक्सिङ च्याम्पियनसिपअन्तर्गत ५७ केजी तौल समूहमा नेपालका मुक्केबाज इन्द्रबहादुर सुनारले जित हासिल गरेका छन् ।
बैंककमा आज भएको खेलमा नेपाली मुक्केबाज सुनारले लाओसका खेलाडी सोक्साखुनलाई पराजित गर्दै जित हासिल गरेका हुन् । यसजितसँगै उनी क्वाटर फाइनलमा प्रवेश गरेका छन् । सुनारले अब क्वाटर फाइनल खेल मङ्गोलियन मुक्केबाज गन्तुमार लुण्डासँग खेल्नेछन् ।
त्यसैगरी नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा ९८६ केजी० र महिला खेलाडी त्रिशा जवेगु ९७५ केजी० तर्फ सेमिफाइनलमा प्रवेश भइसकेका छन् । उनीहरुले क्रमशः इनडनेसिया खेलाडी मोसकिता माइकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्