काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्माबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा ओलीनिवास बालकोटा पुगेर भेटवार्ता गरेका हुन ।
निरन्तर संसद अवरोध र सर्वदलीय बैठकमा समेत ओली सहभागी नभएपछि सत्तारुढ गठबन्धनको शुक्रबार बसेको बैठकले ओली भेट्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो ।
एमाले फुटाउन अध्योदश ल्याएकोमा र आफूले कारवाहि गरेका तत्कालीन एमालेका १४ जना सांसदलाई सभामुखले कारवाहि नगरेको भन्दै भन्दै ओली रुष्ट छन् ।
एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । त्यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीबारेको छलफलमा पनि एमाले सहभागी भएको छैन ।
प्रतिक्रिया दिनुहोस्