Ads

धरौटीमा छुटेका क्रिकेटर सन्दीपको मुद्धाको पेशी आज तोकियो


काठमाडौं । नाबालिग किशोरीमाथि जबरजस्ती करणीको अभियोग लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेको मुद्धाको पेशी आज काठमाडौं जिल्ला अदालतमा तोकिएको छ । यसअघि जिल्ला अदाालतले पुर्पक्षका लागि थुनामा पठाएका सन्दीपलाई थुनामुक्त हुन आदेश दिएकोमा आज जिल्ला अदालतमा पेशी तोकिएको हो ।

जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर सन्दीपले त्यसविरुद्ध उच्च अदालतमा थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए ।

सन्दीपको निवेदनपछि उच्च अदालत पाटनले गत बिहीबार सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । सन्दीपमाथी गत भदौ ६ गते एक किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप छ । सन्दीप असोज २० गते पक्राउ परेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू