काठमाडौँ । आन्दोलनरत विद्यार्थीहरुले नोवेल मेडिकल कलेजमा तोडफोड गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएपछि केहि दिन देखी आन्दोलन सुरु भएको थियो । आज विहान विद्यार्थीको आन्दोलन विथोल्नका लागी कलेजले अनेक प्रयास गरेको भन्दै विद्यार्थीहरुले माग सम्बोधन नभएसम्म आन्दोलन फिर्ता नगर्ने अडान लिएका थिए ।
कलेजले स्थानीय प्रशासनसँग अतिरिक्त शुल्क नलिने र विवाद समाधान भएपछि मात्रै कक्षा संचालन गर्ने समहति गरेपनि सहमती विपरित अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीहरुलाई प्रवेश नदिएर अन्य थोरै विद्यार्थीहरुलाई मात्रै पढाउनका लागी कक्षा संचालन गरेको भन्दै आन्दोलनरत विद्यार्थीहरु आक्रोशित भएका छन् । तोडफोड पछि मेडिकल कलेजको अवस्था तनावग्रस्त छ ।
प्रतिक्रिया दिनुहोस्