काठमाडौं, पुस २५ गते । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले आइतबार विज्ञप्तीमार्फत अन्तिम नामावली प्रकाशनसँगै राष्ट्रियसभा निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको जानकारी गराएको छ ।
राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्र हँसिया हथौडा, नेकपा (एकीकृत समाजवादी)लाई कलम, जनता समाजवादी पार्टीलाई ढल्केको छाता, राष्ट्रिय जनमोर्चालाई गिलास चुनाव चिन्ह प्रदान गरिएको जनाइएको छ ।
यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारका लागि सूर्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई हलो, नेपाल मजदुर किसान पार्टीलाई मादल र लोकतान्त्रिक समाजवादी पार्टीलाई साइकल चुनाव चिह्न प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्