Ads

प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे अध्यक्ष ओली


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न बिहीबार बालुवाटार पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच राष्ट्रपति, उपपराष्ट्रपति चयनका विषयमा देखिएका अविश्वासका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री र ओलीबीच अविश्वास पैदा भएको भनिएका बेला बिहीबार भेटवार्ता भएको हो ।  प्रचण्डलाई प्रधानमन्त्री बनाएसँगै बालुवाटार आउजाउ गरिरहेका ओली बिहीबार पुगेर राजनीतिक तथा समसामयिक विषयमा छलफल गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू