काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरु नै कन्ट्रयाक्ट ट्रेसिङमा परेपछि मन्त्रीपरिषद बैठक नै प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित उनको क्याबिनेटका कतिपय मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री शनिबार देखिनै होम आइसोलेनमा बसेका छन् । प्रधानमन्त्री तथा कतिपय मन्त्रीहरु क्वारेन्टिनमा रहेकाले बैठक प्रभावित बनेको बताइएको छ ।
प्रधानमन्त्रीलगायतको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै बैठक बस्ने बताइएकोछ । मन्त्रिपरिषद्को बैठक बिहीबार र सोमबार नियमितरुपमा बस्ने प्रचलन छ ।
आइतबार सीसीएमसीको बैठकले माघसम्म विद्यालय बन्द गर्न लगायत १३ वटा निर्णयहरु सिफारिस गरेको छ । तर मन्त्रीपरिषद बैठक नबस्दासम्म उक्त निर्णय कार्यन्वयन हुन ढीलाई हुने देखिएको छ ।
मन्त्रीपरिषद बैठक प्रभावित हुदा कोरोनाको महामारीका सन्दर्भमा क्याबिनेटबाटै पनि कतिपय निर्णयहरु गर्नुपर्ने भएपनि कोरोनाका कारण प्रभावित बनेका छन्।
आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले विद्यालय बन्दगर्नेदेखि विभिन्न १३ वटा सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्