Ads

वायुसेनाका दुई जहाज ठोक्किदा दुईजनाको मृत्यु


काठमाडौं । भारतमा वायु सेनाका दुई विमान आपसमा ठोक्किदा दुई जनाको ।मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबार बिहान सुखोई–३० र मिराज २००० विमान आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो ।

मध्य प्रदेशको मोरेनामा वायुसेनाको सुखोई–३० एमकेआई र मिराज–२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतले जानकारी दिएको छ । दुवै विमान ग्वालियर एयरबेसबाट उडेका थिए । घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए । घटनास्थलमा गाउँलेहरूको भीड जम्मा भएको जनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू