विराटनगर । वरिष्ठ पत्रकार युवराज घिमिरे ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०७९’ बाट सम्मानित भएका छन्।कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा विराटनगरमा आयोजित एक कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षकसमेत रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घिमिरेलाई पुरस्कार वितरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नोना आमाकै कारण आफू राजनीतिमा लागेको बताए ।
पुरस्कार ग्रहणपछि पत्रकार घिमिरेले नेतृ नोना कोइरालाको नाममा स्थापना भएको पुरस्कारबाट सम्मानित हुँदा आफू साँच्चै सम्मानित भएको महसुस गरेको बताए । कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षक एवं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घिमिरेलाई सो पुरस्कार प्रदान गरे ।
कार्यक्रममा नेता गुरुराज घिमिरे, प्रदेशसभा सदस्य केदार कार्की, विराटनगर महानगरका मेयर नागेश कोइराला, नेता हसन अन्सारीलगायतले नोना कोइरालाको राजनैतिक, धार्मिक, सामाजिक व्यक्तित्वलगायतका विभिन्न विषय आ–आफ्ना विचार राखेका थिए । यसअघि सो पुरस्कार ईकागजका प्रधान सम्पादक हरि थापालाई प्रदान गरिएको थियो । नेपाली महिला मुक्ति आन्दोलनकी योद्धा कांग्रेस नेतृ कोइरालाको २०६३ माघ १४ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्