काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज एक विज्ञप्ति जारी गदै अर्को सुचना नआए सम्मका लागी अधिवेशन स्थगित गरेको छ ।
तिव्र रुपमा फैलिएको कोरोना संक्रमणको संख्या बढेपछि कार्यकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । उक्त अधिवेशनको पुस २३ गते उद्घाटन र २४ गते बन्दसत्र भएको थियो ।
बन्दसत्रले पार्टी अध्यक्ष रावलले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र कार्यालयका सचिव चन्द्रकान्त पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो । जिल्ला अध्यक्षमा चार जनाले उम्मेदवारी दिने भएका थिए ।
बन्दसत्र पछि २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको अधिवेसन कोरोना संक्रमणका कारण पुन स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्