काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको बक्यौता रकम नतिरेपछि प्राधिकरणले सूचना जारी गरी रकम तिर्न ताकेता गरेको छ । उक्त सूचनामा जनाइए अनुसार युटिएलले सरकार र प्राधिकरणलाई ५ अर्ब ३० करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको जनाइएको छ ।
२०७३ साल भदौ २० गते युनाइटेड टेलिकमलाई जारी गरिएको आधारभूत टेलिफोन सेवाको अनुमति पत्रपश्चात् त्यस लि। बाट नेपाल सरकार तथा यस प्राधिकरणलाई तिर्नुरबुझाउनु पर्ने अनुमतिपत्र नवीकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायतका दस्तुर रकम २०७९ पुस मसान्तसम्म ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३.८८ रुपैयाँ कायम हुन आएको प्राधिकरणको सूचनामा उल्लेख छ ।
प्राधिकरणले युटिएललाई हालसम्म बाँकी रहेको सम्पूर्ण बक्यौता यही मिति २०७९ माघ मसान्तसम्म बुझाउन र अन्यथा प्रचलितकानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्