Ads

बैतडीमा जीप दुर्घटना


बैतडी । बैतडीमा जीप दुर्घटना भएको छ । दशरथचन्द नगरपालिका-५ को कार्यालय पल्लाचौंडाली नजिकै कच्ची सडकमा से१ ज ३३१ नम्बरको जीप सोमबार बिहान ११ बजे दुर्घटनामा भएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले बताए।

गोठलापानीबाट पल्लाचौंडालीमा यात्रु पुर्‍याएर गोठलापानी फर्कदै गरेको जीप दुर्घटनामा भएको हो । जीप सडकबाट २० मिटर तल खसेको भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जीपमा चालकमात्रै रहेको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू