Ads

नेप्सेको सीईओका लागि तीन जनाको नाम सिफारिस


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि तीन जनाको नाम अर्थमन्त्रालयलाई सिफारिस भएको छ ।

सीईओका लागि परेका कुल ११ निवेदक मध्ये सीईओ नियुक्ति तथा सिफारिस समितिले पहिलो चरणमा पाँच जना छनोट गरेको थियो । दोस्रो चरणमा तीन जनालाई छनोट गरेको हो । जसमा रमेशकुमार भण्डारी, कृष्णबहादुर कार्की र केशव प्रसाद श्रेष्ठ भएको बताइएको छ ।

जबकि पहिलो चरणमा भण्डारी,कार्की,श्रेष्ठ , प्रविन पन्दाक र रमेश घिमिरे छानिएका थिए । दोस्रो चरणमा पन्दाक र घिमिरे बाहिरीएका छन् ।

समितिले सोमबार बिहानै तीन जनाको नाम अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको बताइएको छ । सो मध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई सीईओ छनोट गर्नेछ । नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका छन् ।

यसअघिका नेप्सेका सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएसँगै पदबाट राजीनामा दिएका दिए ।

Ads

सम्बन्धित पोष्टहरू